काठमाडौं – कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले गत साता ३१ लाख १४ हजार ग्रस कलेक्सन गरेको हो ।
चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनको तेस्रो साता पुस १३ देखि १९ गतेसम्म फिल्मले उक्त व्यापार गरेको हो ।
‘पाँडे’ले आफू निकट चर्चित अनुहारहरुलाई फिल्म हेर्न बोलाएर प्रचारको अन्तिम कसरत गर्दा पनि व्यापार कमजोर देखिएको छ । कम अकुपेन्सी पाएको यो फिल्मलाई हलहरुले अपाएक समयको शो छुट्याए व्यापार कमजोर बनेको ‘पाँडे’ले फन्डा भने गर्न छोडेका छैनन् ।
बोर्डले साप्ताहिक ब्रिफिङमा दिएको जानकारी अनुसार यो फिल्म पुस ४ देखि १९ गतेसम्म ९२ लाख ८३ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिसम्म २९ हजार ६८३ वटा टिकट बिक्री भएको बोर्डको तथ्याङमा उल्लेख छ ।













प्रतिक्रिया