विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण « Khabarhub

विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष महाधिवेशनको निर्णय गर्न पार्टीको ध्यानाकर्षण गराएको छ ।  

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरूले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुसमा विशेष महाधिवेशनको निर्णय गर्न माग गरेका हुन् । 

कांग्रेस नेता देवराज चालिसेले नयाँ नीति र नेतृत्वका साथ पार्टीको पुन निर्माणका लागि विधान बमोजिम विशेष महाधिवेशन बोलाउन ध्यानाकर्षण गराइएको जानकारी दिए ।

विशेष महाधिवेशन आह्वानका लागि यसअघि नै बहुमत सदस्यहरूले हस्ताक्षर बुझाइएको र विशेष महाधिवेशनको विधानसम्बन्धी व्यवस्था कसैको रहर वा छनोटको विषय नभई बाध्यकारी रहेको स्मरण गराइएको उनले बताए । 

पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनजस्तो गम्भीर विषयमा निर्णय लिँदा विधानको सर्वोपरितालाई स्वीकार गर्न नसकेको महसुस भएको उनले बताए ।  

उनले विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय पार्नुको औचित्यबारे समेत प्रश्न गरिएको उल्लेख गरे । 

केन्द्रीय समिति तथा कार्यसम्पादन समितिका निर्णयहरू विधान अधीनस्थ नभएको समेत उनीहरूले आरोप लगाएका छन् । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ४० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण