विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण « Khabarhub

विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष महाधिवेशनको निर्णय गर्न पार्टीको ध्यानाकर्षण गराएको छ ।  

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरूले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुसमा विशेष महाधिवेशनको निर्णय गर्न माग गरेका हुन् । 

कांग्रेस नेता देवराज चालिसेले नयाँ नीति र नेतृत्वका साथ पार्टीको पुन निर्माणका लागि विधान बमोजिम विशेष महाधिवेशन बोलाउन ध्यानाकर्षण गराइएको जानकारी दिए ।

विशेष महाधिवेशन आह्वानका लागि यसअघि नै बहुमत सदस्यहरूले हस्ताक्षर बुझाइएको र विशेष महाधिवेशनको विधानसम्बन्धी व्यवस्था कसैको रहर वा छनोटको विषय नभई बाध्यकारी रहेको स्मरण गराइएको उनले बताए । 

पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनजस्तो गम्भीर विषयमा निर्णय लिँदा विधानको सर्वोपरितालाई स्वीकार गर्न नसकेको महसुस भएको उनले बताए ।  

उनले विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय पार्नुको औचित्यबारे समेत प्रश्न गरिएको उल्लेख गरे । 

केन्द्रीय समिति तथा कार्यसम्पादन समितिका निर्णयहरू विधान अधीनस्थ नभएको समेत उनीहरूले आरोप लगाएका छन् । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ४० बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर