‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’ « Khabarhub

‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

अब असम्भव विशेष महाधिवेशनमा अल्झिनु हुँदैन



काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ। फागुन २१ को निर्वाचनअगाडि नै नियमित या विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका महामन्त्रीद्वय र त्यसको विपक्षमा उभिएका कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबीच मतभेद हुँदा कांग्रेस फेरि फुट्ने चिन्ता कार्यकर्ता र शुभचिन्तकमा छाएकोछ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले नियमित महाधिवेशनको विकल्प देखेको छैन । संस्थापन इतरका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचनअगाडि नै नियमित गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् । यी दुईजनाले त आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन घोषणा पनि गरिसकेका छन् ।

अहिले पनि संस्थापन पक्ष देउवा र खड्का निर्वाचनपछाडि नियमित महाधिवेशन गर्ने अडानमा छन्। उनीहरूले कार्यसम्पादन समितिको बैठकमार्फत् आगामी वैशाख २८ देखि पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय गराइसकेका छन् । पुस २६ गतेदेखि नियमित महाधिवेशन हुन नसक्ने भन्दै संस्थापनले त्यसलाई आगामी वैशाखसम्म धकेलेको हो । संस्थापनले विशेष महाधिवेशनलाई त खारेज नै गरिसकेको छ । यस्तोमा महामन्त्रीद्वय विशेष महाधिवेशनको पक्षमा दृढतापूर्वक उभिँदा कांग्रेस संकटको डिलमा धकेलिएको छ ।

यसबारेमा कांग्रेस सह-महामन्त्री भीष्मराज आङ्देवे अब पार्टीले सबै शक्ति फागुन २१ को निर्वाचनमा लगाउनुपर्ने बताउँछन् । निर्वाचन अगाडि दुवै महाधिवेशन गर्न नसकिने भएकाले अब सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित हुनुपर्ने उनको मत छ । उनी दुई महिना अगाडि संस्थापन पक्षकै नेताहरूले पनि नियमित महाधिवेशन गर्न बल गर्दा नसकेको स्वीकार्छन् । ‘हामी संस्थापन पक्षका नेताहरूले दुई महिनाअगाडि नै नियमित महाधिवेशनमा जाऊँ भनेका थियौँ । तर त्यो बेला भएन । अब सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्ने भयो । समानुपातिकतर्फको बन्द सूची बुझाइसकेपछि निर्वाचनको आधा काम पूरा गरिसकेका छौं’, उनी भन्छन् ।

विशेष महाधिवेशनले पार्टी फुटाउने अवस्था हुने बताउँदै उनी निर्वाचनपछाडि नियमित महाधिवेशन गर्ने सहमति जुट्नेमा विश्वस्त छन्। निर्वाचनअगाडि नै महाधिवेशन नभएन पार्टी फुट्ला नि भन्ने प्रश्नमा भन्छन्, ‘सभापतिज्यू लगायत अरू नेता पनि पार्टी विभाजनबाट बचाउने कोसिसमा हुनुहुन्छ । पार्टीमा आन्तरिक लोकतन्त्र बलियो भएकाले साथीहरूले आफ्नो मत राख्नुभएको हो । एउटा टुंगोमा पुगेपछि त्यसैलाई मानेर जाने हाम्रो चलन छ पार्टी फुट्दैन।’

कांग्रेस संस्थापन पक्षका आङदेम्बे पदाधिकारीतर्फ समानुपातिक सूचीमा समेटिएका एक्ला नेता पनि हुन् । सभापति देउवानिकट उनीसँग कांग्रेसमा देखिएको पछिल्लो गम्भीर विवादसहितका विषयमा खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशनको किचलोकै कारण कांग्रेस फुट्ने भयो होइन ?

फुट्ने र फुटाउने वातावरण छैन । भद्र अवस्थामा सबैजना मिलेर पार्टीलाई निकास दिन लागेका छौँ । अहिलेको अवस्थामा कांग्रेसले अगाडि बढ्ने गरी एउटा निकास निकाल्नुपर्छ । पहिले नै निकास निकाल्न सर्वसमति होस नभनेर संस्थापन पक्षका केही साथीहरू लागेका हौँ। त्यसबेला नै नियमित महाधिवेशनमा जाऊँ भनेको हो तर सम्भव भएन । अब हामीले मध्यमार्गी विकल्पलाई अपनाउने कुरा गर्नुपर्छ। महाधिवेशन गर्न धेरै जोडबल गरियो, तर सभापतिज्यू पनि विदेशमा उपचारका लागि जानुभएको अवस्था थियो । यता कार्यवाहक सभापतिले पनि उचित निर्णय दिन नसकेका कारण अल्झियौँ भन्ने लागेको छ। अहिले त सम्पूर्ण शक्ति निर्वाचनकेन्द्रित हुनुपर्छ ।

अहिले पनि संस्थापन पक्षमै दुईमत छ नि ?

करिब २ महिनाअगाडि नै हामी संस्थापन पक्षका नेताहरूले जोड दिएको हो । विशेष महाधिवेशन गर्दा पार्टीलाई अर्को स्थानमा लान्छ भन्ने थियो । विशेष महाधिवेशन गर्नु हुँदैन, त्यसले पार्टीलाई अकै ठाउँमा लान्छ भनेर पटकपटक कार्यवाहक सभापति र सभापतिसमक्ष पनि कुरा राखेका हौँ। हाम्रो पार्टीभित्र संस्थापन र डा. शेखर कोइरालाहरूबीच मतभेद मात्रै छैन, इतर पक्षलाई संस्थापनकै केही नेताले पनि साथ दिएको हो । तर एउटै मुद्दामा अल्झिएर समय गयो । संस्थापन र शेखर–गगनहरू एक ठाउँमा उभिनुपर्ने बेला आयो । उता पूर्व पदाधिकारीले पनि आफ्नो अडान राख्नुभयो ।

पार्टीलाई विभाजनमा नलैजाओस् भन्ने कुराबारे फेरि सोच्नुपर्ने बेला भएको छ । अब सबै मिलाएर एक ठाउँमा आउने वातावरण बनाइरहेका छौं । विशेष महाधिवेशन गराएर पार्टी विभाजनामा जाँदैन भन्ने तर्क पनि छ । विधानमा उक्त कुरा राखे पनि पार्टीलाई त फइदा गर्दैन । प्रक्रिया पूरा गर्न अनेक कुरा होलान् । ५४ प्रतिशतले सही गरेको साँचो हो कि फेक हो ? त्यसको पनि चेकजाँच हुनुपर्ला । सबै प्रक्रियाले कहानेर पुर्‍याउँछ भन्ने हो । हामीले फेरि पनि एक ठाउँमा ल्याउन विशेष पहल गरिरहेका छौँ । अहिले विषेश महाधिवेशनको हस्ताक्षरकर्ता साथीहरूसँग कुरा भइरहेको छ । अरू साथीहरूसँग पनि कुरा भइरहेको छ ।

विशेष महाधिवेशन गर्नुपर्छ भन्ने हस्ताक्षरकर्ताहरूलाई के भन्नुहुन्छ ?

उहाँहरूले बाहिर जे–जे कुरा गरे पनि भित्री कुरा खास के हो ? त्यसलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ कि भनेर वार्ता भइरहेको छ । उहाँहरूले त पार्टी विभाजन गर्ने कुरा गर्नुभएको छैन । पार्टी परिमार्जित हुन जतिसक्दो चाँडो महाधिवेशन गरौँ भन्नुहुनछ ।

उसो भए अझै पनि नियमित कि विषेश भनेर पदाधिकारीबीच पनि एकमत हुन सकेन होइन ?

गर्ने त फेरि नियमित महाधिवेशन नै हो । किनभने नियमित महाधिवेन गर्न समय चाहिन्छ । महाधिवेशन गर्न क्रियाशीलहरूकै कुरा आउँछ । क्रियाशीलहरूलाई नसमेटी महाधिवेशन गरेमा पार्टीमा झनै समस्या आउँछ । यसका लागि नियमित उपायहरू नि हेरिरहेका छौँ ।

नियमित महाधिवेशन चुनावअगाडि गर्ने अवस्था छैन, पार्टी फुट्ने देखियो त ?

चुनाव अगाडि त विषेश र नियमित कुनै महाधिवेशन सम्भव छैन । चुनावलगत्तै महाधिवेशन गर्न सकिने कुरामा सहमति हुन सक्छ। चुनावअगाडि त कुनै हालतमा विशेष अथवा नियमित महाधिवेशन हुने अवस्था छैन । हामीले निर्वाचनको प्रक्रिया शुरू गरिसक्यौँ । समानुपातिकको बन्दसूची दर्ता गरेपछि निर्वाचनको आधा बाटो हामीले हिडिसक्यौँ । फागुन २१ मै निर्वाचन हुने भइसकेपछि त्यसअगाडि नियमित वा विशेष महाधिवेशन गर्न समय पुग्दैन ।

त्यसैकारण निर्वाचनपछि महाधिवेशनको कुरा उठेको हो । त्यही कुरालाई सहजतासहित अवतरण गराउ निर्वाचन अगाडि कुनै महाधिवेशन सम्भव छैन । कसरी मिलाउने कुरा भइरहेको छ । पार्टी चाहिँ फुट्दैन । हामी पार्टी नफुटाउने पक्षमा छौँ । तर चुनावअगाडि विशेष या नियमित कुनै महाधिवेशन गर्न नसकिने अवस्थामा छौँ। यसकै लागि सभापतिज्यू लागिरहनुभएको छ । औपचारिक र अनौपचारिक दुवै विधिमा वार्ता बढेका छन्। कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो भएकाले साथीहरूले आ-आफ्नो ढंगले मत राखिरहनुभएको छ। पार्टीमा निर्णय भएपछि मानेर जाने हाम्रो चलन छ।

के निकास निस्केला त ?

पार्टी एकढिक्का बनाएर जाने बाटोमा निकास आउला । अहिलेसम्म कांग्रेसको संकटको सफल अवतरणको उपायबारे छलफल भइरहेको छ ।

तर निर्वाचनको मुखमा पार्टी विचलित हुँदा कार्यकर्ता र नेताहरू निराश भए नि ?

कार्यकर्तालाई संशय त पैदा गरेको छ । तर विशिष्ठ परिस्थितिमा यस्ता कुरा हुँदै गर्छन् । एउटा निकास खोजेर हामीले यो संकटबाट उम्किनुपर्छ। । कार्यकर्ता र शुभचिन्तकलाई कांग्रेस परिमार्जनसहित निर्वाचनमा जान्छ भनेर ढुक्क हुन आग्रह गर्छु ।

अन्तिममा यो झमेला र विवादबाट कांग्रेस कहिले निस्किएला ?

चाँडै निस्किन्छ । हामी निर्वाचनमा एक ढिक्का भएर जान्छौँ । कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो छ । त्यसकारण कांग्रेस फूट्दैन । सबैको कुरा सुनेर उपयुक्त निर्णयमा पुग्छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : १४ बजे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात  बढ्यो

झापा– नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार

सङ्कटापन्न घडियालको प्राकृतिक वासस्थानमा जोगाउनै मुस्किल

नारायणगढ– गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर,

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका