दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो « Khabarhub

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा आफूले त्यहाँका नेताहरूसँग नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे समीक्षा गरेको बताएका छन् ।

नेकपाको प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दिल्लीमा आइतबार साँझ नै भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा लामो वार्ता गरेका छन् । डोभालले चुनावमार्फत् देशलाई निकास दिन सुझाएको बताइएको छ।

‘मेरो भ्रमणको उद्देश्य अनौपचारिक रूपमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा र सूचना संकलन गर्ने थियो’, उनले भने, ‘आज त्यो उद्देश्य पूरा भएको छ । विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिकरुपमा भारतीय राजनीतिक मित्रहरूसँग समीक्षा भएको छ । हिजोदेखि आजसम्म समीक्षा गरेँ, भ्रमणको उद्देश्य पूरा भयो।’

प्रचण्डले भदौ २४ गते नेपालमा भएको विध्वंश ठूलो डिजाइन र योजनामा भएको पनि बताए । ‘भदौ २३ गते कलिला युवा-विद्यार्थीको हत्या स्वीकार्न सकिने खालको थिएन । त्यो एकदमै निर्दयी घटना थियो’, उनले भने, ‘तर भदौ २४ गते देशभर भएको विध्वंस र आगजनी जेन-जीहरूले गरेका थिएनन्, त्यो लुटपाट जेन-जीबाट भएको होइन । निकै ठूलो डिजाइन र योजनमा विध्वंश र लुट मच्चाइयो ।’

उनले जेन-जीहरूको आन्दोलनलाई आफूहरूले समर्थन गरे पनि देशमा भएको विध्वंश स्वीकार्न नसकिने बताए ।

‘भदौ २४ गते देशमा आतंक र त्रासको वातावरण थियो । लुटपाट मच्चाइएको थियो’, उनले भने, ‘त्यसबेला परिस्थितिलाई सम्हाल्न हामीले रातभर पहल गर्‍यौँ । निकासका लागि हामीले राष्ट्रपतिसँग वार्ता गरेका थियौँ।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ०९ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर