दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो « Khabarhub

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा आफूले त्यहाँका नेताहरूसँग नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे समीक्षा गरेको बताएका छन् ।

नेकपाको प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दिल्लीमा आइतबार साँझ नै भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा लामो वार्ता गरेका छन् । डोभालले चुनावमार्फत् देशलाई निकास दिन सुझाएको बताइएको छ।

‘मेरो भ्रमणको उद्देश्य अनौपचारिक रूपमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा र सूचना संकलन गर्ने थियो’, उनले भने, ‘आज त्यो उद्देश्य पूरा भएको छ । विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिकरुपमा भारतीय राजनीतिक मित्रहरूसँग समीक्षा भएको छ । हिजोदेखि आजसम्म समीक्षा गरेँ, भ्रमणको उद्देश्य पूरा भयो।’

प्रचण्डले भदौ २४ गते नेपालमा भएको विध्वंश ठूलो डिजाइन र योजनामा भएको पनि बताए । ‘भदौ २३ गते कलिला युवा-विद्यार्थीको हत्या स्वीकार्न सकिने खालको थिएन । त्यो एकदमै निर्दयी घटना थियो’, उनले भने, ‘तर भदौ २४ गते देशभर भएको विध्वंस र आगजनी जेन-जीहरूले गरेका थिएनन्, त्यो लुटपाट जेन-जीबाट भएको होइन । निकै ठूलो डिजाइन र योजनमा विध्वंश र लुट मच्चाइयो ।’

उनले जेन-जीहरूको आन्दोलनलाई आफूहरूले समर्थन गरे पनि देशमा भएको विध्वंश स्वीकार्न नसकिने बताए ।

‘भदौ २४ गते देशमा आतंक र त्रासको वातावरण थियो । लुटपाट मच्चाइएको थियो’, उनले भने, ‘त्यसबेला परिस्थितिलाई सम्हाल्न हामीले रातभर पहल गर्‍यौँ । निकासका लागि हामीले राष्ट्रपतिसँग वार्ता गरेका थियौँ।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ०९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६