अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको घरमा आक्रमण « Khabarhub

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको घरमा आक्रमण


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन डीसी- अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको ओहायो राज्यको सिनसिनाटीस्थित घरमा आक्रमण भएको छ।

सीएनएनले जनाएअनुसार भेन्सको घरमा आक्रमण गरेर झ्यालका सिसा फुटाइएको छ। घटनापछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार राति करिब १२:१५ बजे भेन्सको घर नजिकबाट एक व्यक्ति भागिरहेको देखिएको बताइएको छ।

अधिकारीहरूका अनुसार घटना भएको समयमा जेडी भेन्स र उनको परिवार घरमा उपस्थित थिएनन्। प्रारम्भिक जानकारी अनुसार पक्राउ परेका व्यक्ति उपराष्ट्रपतिको घरभित्र प्रवेश गर्न सकेका थिएनन्।

अनुसन्धानमा संलग्न निकायहरूले यो घटना जेडी भेन्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

भेन्स पछिल्लो एक सातादेखि सिनसिनाटीमै थिए, तर आइतबार दिउँसो शहर छाडेका थिए। उनले उक्त घर किन्न करिब १४ लाख डलर खर्च गरेका थिए। घर करिब २.३ एकड क्षेत्रफलमा फैलिएको छ।

ओहायोमा परिवारसहित बसोबास

ह्वाइट हाउसको वेबसाइटका अनुसार जेडी भेन्स आफ्नो परिवारसँग ओहायोको सिनसिनाटी शहरमा बसोबास गर्छन्। उनको जन्म २ अगस्ट १९८४ मा ओहायो राज्यको एक स्कट–आइरिस परिवारमा भएको हो।

जेडी भेन्स उनकी आमा बेभर्ली एकिन्स र उनका दोस्रो पति डोनाल्ड बोम्यानका सन्तान हुन्। जन्मका बेला परिवार आर्थिक अभावमा थियो, जसका कारण उनको बाल्यकाल गरिबीमै बित्यो।

सानै उमेरमा आमाबुवाको सम्बन्ध विच्छेद भएपछि उनकी आमाले पछि बब ह्यामेलसँग विवाह गरिन्। यस अवधिमा आर्थिक कठिनाइका कारण उनकी आमा लागूऔषध र मदिराको लतमा फसिन्। त्यसपछि जेडीले नाना जेम्स भेन्स र नानी बोनी भेन्ससँग बस्दै बाल्यकाल बिताए।

आफ्नो आत्मकथा ‘हिलबिली एलेजी: ए मेमोयर अफ ए फ्यामिली एन्ड कल्चर इन क्राइसिस’ मा उनले लेखेका छन्, ‘आमाले बारम्बार घर सर्नु मलाई मन पर्दैनथ्यो। मलाई नाना-नानीको घरमै बस्न राम्रो लाग्थ्यो।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : २४ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका