काठमाडौँ- आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा छलफल गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डु पुगेका छन् ।
यसअघि आइतबार साँझ र सोमबार बिहान पनि एमालेका शीर्ष नेतृत्वसँग कांग्रेसका दुई नेताले यसबारे छलफल गरेका थिए । माघ ११ गते १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ । यसका लागि दुई ठूला दल मिलेर निर्वाचनमा जान लागेका हुन् ।
त्यस्तै आज बसेको केन्द्रीय कार्यसम्पादन समितिबाटै कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । यसअघि एमालेका नेतासँगको छलफलमा कांग्रेसले ८ सिटको दाबी गरेको कार्यवाहक सभापति खड्काले आजको कार्यसम्पादनमा जानकारी गराएका थिए ।
उम्मेदवारी दर्ताको दुई दिनअघि दुई दलका शीर्ष नेताहरू भागबन्डा टुंग्याउने कसरतमा लागेका हुन् ।













प्रतिक्रिया