आयोगहरूले भने : साम्प्रदायिक सद्भाव कायम राखौँ « Khabarhub

आयोगहरूले भने : साम्प्रदायिक सद्भाव कायम राखौँ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले सोमबार (पुस २१) मा एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,” तीन आयोगका पदाधिकारीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

तर, केही समयदेखि तराई मधेसका केही स्थानमा धार्मिक सहिष्णुता खलल पार्ने क्रियाकलाप देखिएको भन्दै उनीहरूले सद्भाव कायम राख्न अपिल गरेका छन् ।

‘तर, केही समययता तराई मधेसका केही स्थानहरूमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्त रूपमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सामाजिक र धार्मिक सद्भाव कायम गर्न आग्रह गरेको थियो । समाजिक र धार्मिक सद्भाव विथोलिने कार्य गरे कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी मन्त्रालयले दिएको थियो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : ४७ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब