टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल « Khabarhub

टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ। पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेको नेपालले अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो।

नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।

यूएईलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलमा देखिएको छ। नेपाल दोस्रो अभ्यास खेलमा क्यानडामाथि जित निकाल्दै विश्वकपका लागि थप उर्जा बटुल्ने अभियानमा छ।

नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट-११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल्दै भारत पुगेको हो।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ।

तस्बिर क्यान

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक क्रिकेट खेल्न लागेको हो। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ। नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ। यो नेपालको तेस्रो विश्वकप यात्रा हो।

विश्वकपमा नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

२०२६ को विश्वकपको समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेको छ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ। त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन्।

नेपाली टिमका कप्तान पौडेलले नेपालले विश्वकपमा शतप्रतिशत नतिजा दिनेगरी खेल्ने बताएका छन्।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ३५ बजे

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौं– सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल

यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा

काठमाडौं – भारत यू–१९ विश्वकपको फाइनल पुगेको छ । बिहीबार