यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा « Khabarhub

यू–१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत यू–१९ विश्वकपको फाइनल पुगेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई सात विकेटले हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा पुगेको हो ।

भारतको जितमा आरोन जर्जले शतकीय इनिङ खेले । पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै चार विकेटको क्षतिमा ३१० रन बनाएको थियो । ३११ रनको लक्ष्य पछ्याएको भारतका लागि आरोनले शतक पूरा गर्दा वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतक हिर्काए ।

भारतले ४१ दशमलव १ ओभरमै तीन विकेटको क्षतिमा ३११ रन बनाउँदै अफगानिस्तानमाथि सात विकेटको जित निकालेको हो । यो जितसँगै भारत उपाधि नजिक पुगेको छ ।

भारतले फाइनलमा शुक्रबार इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई २२ रनले हराउँदै इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ७ : २५ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु