वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी « Khabarhub

वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो नाममा नक्कली चुनावी प्रतिवद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन् । निवेदनमा अत्यन्तै भ्रामक, झुठा र चरित्र हत्या गर्ने किसिमका सामग्रीहरू सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको उल्लेख छ ।

‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने हनन गरेको छ । यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरू तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरू तथा समूहको पहिचान गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिपाउन यो निवेदन पेश गर्दछु’, उजुरीमा भनिएको छ ।

प्रतिस्पर्धीमध्ये उम्मेदवारले आफ्नो विषयमा मतदातामा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यले प्रतिवद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको भेटिएकाले त्यसमा संलग्न व्यक्तिमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनको भनाइ छ ।

पुनले पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नार्फबाट मौखिकबाहेक लिखित रुपमा छुट्टै घोषणा वा प्रतिवद्धतापत्र नबनाएको उल्लेख गरे ।

पुनको भन्दै सार्वजनिक गरिएको नक्कली प्रतिवद्धतापत्र रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस निर्माण गर्ने तथा माडीचौर फुटबल मैदानमा वीर अस्पतालन्दा ठूलो अस्पताल बनाउने, मेट्रो रेल र  केबलकार जस्ता विषय उल्लेख गरिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ९ : २६ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि