बोइङ- ७८७ इन्धन स्विच घटना : बेलायतले माग्यो एयर इन्डियासँग स्पष्टीकरण « Khabarhub

बोइङ- ७८७ इन्धन स्विच घटना : बेलायतले माग्यो एयर इन्डियासँग स्पष्टीकरण


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बेलायत– सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियासँग स्पष्टीकरण मागेको छ ।

रोयटर्सका अनुसार एक हप्ताभित्र पूर्ण जवाफ पेस नगरे एयर इन्डिया र यसको बोइङ ७८७ फ्लीटविरुद्ध नियमनकारी कारबाही सुरु गर्न सकिने भन्दै उड्डयन प्राधिकरणले फेब्रुअरी– ३ तारिखको पत्रमा एयरलाइनलाई सूचित गरेको जनाइएको छ ।

एयर इन्डियाको बोइङ–७८७ मा सुरक्षा जाँचको क्रममा एयरलाइन्सले आफ्ना सबै विमानहरूमा इन्धन नियन्त्रण स्विचहरूको निरीक्षण पूरा गरेको स्रोतहरूले जनाएको छ   । 

एयर इन्डियाको बोइङ ७८७– विमान सोमबार एक पाइलटले इन्धन नियन्त्रण स्विचमा सम्भावित त्रुटि भएको रिपोर्ट गरेपछि ग्राउन्डेड गरिएको थियो । एयर इन्डियाका प्रवक्ताले  पाइलटले यो जानकारी देशको उड्डयन नियामक, नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) लाई सूचित गरिएको पुष्टि गरेका छन् ।

डजिसिएको निर्देशनपछि एयर इन्डियाले आफ्नो फ्लीटमा रहेका सबै बोइङ ७८७ विमानहरूमा इन्धन नियन्त्रण स्विचहरू जाँच गरेको थियो र कुनै समस्या फेला नपरेको जनाएको छ । एयर इन्डियामा यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको प्रवक्ताले बताए ।

घटनापछि भारतीय पाइलट महासङ्घ (एफआइपी) का अध्यक्ष क्याप्टेन सिएस रन्धावाले इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमनमा बारम्बार हुने घटनालाई उद्धृत गर्दै बोइङ– ७८७ विमानमा सम्भावित विद्युतीय त्रुटिको तत्काल अनुसन्धान गर्न डिजिसिए र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइबी) लाई आग्रह गरे ।

क्याप्टेन रन्धावाले बोइङ – ७८७ विमानमा इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमन रेकर्ड गरिएको यो तेस्रो घटना भएको बताए ।

डिजिसिएले मंगलबार, एयर इन्डियाको बोइङ बी–७८७–८ विमानमा ईन्धन कट–अफ स्विचको खराबीको बारेमा प्रत्युत्तर जारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १२ : ०१ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी