कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ « Khabarhub

कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरेका हुन् । 

उज्यालो पार्टीले जेन-जीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको उनले बताए ।

घिसिङले भाषण गरेर कोही पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने तर्क गरे ।

उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका धेरै उम्मेदवारहरू मधेस प्रदेशमा रहेकाले नजिता पनि आफ्नो पार्टीको पक्षमा आउने धारणा राखे । 

घिसिङले अहिले मधेशका जनतासँग भेटघाटका लागि आफूहरू आएको भन्दै पछि फेरी एजेण्डा सहित आउने बताए  ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ०६ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका