कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ « Khabarhub

कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरेका हुन् । 

उज्यालो पार्टीले जेन-जीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको उनले बताए ।

घिसिङले भाषण गरेर कोही पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने तर्क गरे ।

उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका धेरै उम्मेदवारहरू मधेस प्रदेशमा रहेकाले नजिता पनि आफ्नो पार्टीको पक्षमा आउने धारणा राखे । 

घिसिङले अहिले मधेशका जनतासँग भेटघाटका लागि आफूहरू आएको भन्दै पछि फेरी एजेण्डा सहित आउने बताए  ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली