कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने « Khabarhub

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका कप्तान रोहित पौडेलले नखेल्ने भएका छन् ।

अहिले चेन्नईमा हुने क्यानडाविरुद्धको अभ्यास खेलको कप्तानी रोहितको अनुपस्थितिमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । मुम्बईमा विश्वकप टिम क्याप्टेन्स मिटमा सहभागी रोहित गएपछि क्यानडाविरुद्धको खेलको कप्तानी दीपेन्द्रले पाएका हुन् ।

पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेमा सात विकेटको जित निकालेको नेपाल अन्तिम खेलमा एसोसिएट टोली क्यानडासँग भिड्न लागेको हो ।

नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १२ : १६ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु