रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले « Khabarhub

रूससँगको युद्धमा आफ्ना ५५ हजार सैनिक मारिएको स्वीकार्‍यो युक्रेनले


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

कीभ- रुससँग अबुधाबीमा वार्ता चलिरहँदा युक्रेनले चार वर्ष लामो युद्धका क्रममा आफ्ना ५५ हजार सैनिक मारिएको जनाएको छ।

युक्रेनी अधिकारीहरूले अमेरिकाको मध्यस्थतामा अबुधाबीमा भएको वार्ताको पहिलो दिन ‘गम्भीर र फलदायी’ भएको बताइरहँदा उक्त विवरण आएको हो ।

युक्रेनका प्रमुख वार्ताकार रुस्तेम उमेरोभले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै वार्ता बिहीबार पनि जारी रहने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुससँगको युद्धमा हालसम्म करिब ५५ हजार युक्रेनी सैनिक मारिएका छन्। ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता रहेको उनले बताए।

पछिल्लो पटक डोनेट्स्क क्षेत्रको ड्रुज्हकिभ्का सहरमा रुसले गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र आठ जना घाइते भएका छन्।

क्षेत्रीय गभर्नर भादिम फिलाश्किनका अनुसार आक्रमणमा क्लस्टर बम प्रयोग गरिएको थियो । त्यसैगरी बजार क्षेत्रमा दुईवटा हवाई बम खसालिएको थियो।

उता रुसी रक्षा मन्त्रालयले आफ्ना सेनाले पूर्वी युक्रेनका स्तारोउक्राइनका र स्तेपानिभ्का बस्ती नियन्त्रणमा लिएको दाबी गरेको छ।

युक्रेनका ऊर्जा मन्त्री देनिस श्मिहालले आगामी दिनमा योजनाबद्ध विद्युत् कटौती अझै खराब हुन सक्ने चेतावनी दिएका छन्।

रुसले ऊर्जा र ताप आपूर्ति सञ्जाललाई थप क्षति पुर्‍याउने नयाँ आक्रमण गर्न सक्ने भन्दै हालको अवस्था ‘धेरै कठिन’ रहेको उनले बताए।

अर्कातिर युरोपेली संघका राजदूतहरूले युक्रेनका लागि ९० अर्ब युरो (करिब १०६ अर्ब अमेरिकी डलर) बराबरको ऋण योजनालाई स्वीकृति दिएका छन्।

सन् २०२६–२०२७ का लागि कीभका अधिकांश आर्थिक आवश्यकता पूरा गर्ने उद्देश्यले यो योजना गत डिसेम्बरमा ईयू नेताहरूले सहमति गरेका थिए।

यसैबीच जर्मनीको विदेशी गुप्तचर संस्था बीएनडीका अनुसार सन् २०२२ र २०२३ मा रुसले आफ्नो सेनामा गरेको खर्च आधिकारिक प्रतिवेदनमा देखाइएभन्दा ६६ प्रतिशत बढी पाइएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : ४१ बजे

गृह प्रशासनलाई सुशासन र विकासको आधार बनाइने : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्र

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक