कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा « Khabarhub

कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिराहा– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट मधेशको चुनवाी अभियानमा निस्किएका छन् । उनले सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियान थालेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री घिसिङ नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावत गराइएको ठाउँबाट कमला नदी पार गरी सिराहातर्फ लागेका हुन् ।

पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरे । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषास्थित कमला नदीमा अस्थायी डाइभर्सन बनेसँगै वर्षौँदेखिको समस्या अन्त्यतर्फ उन्मुख भएको छ ।

१४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिकमन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।

पुल नबन्दाको पीडा र जोखिम देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । घिसिङले अस्थायी विकल्पबाटै भए पनि कमला नदी पार गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

१४ वर्षदेखि अलपत्र ४६९ मिटर लामो कमला पुलको बाँकी कामको पनि उनले अवलोकन गरे । चुनावी अभियानका क्रममा उनले धनुषा, सिराहा र सप्तरीका पार्टी उम्मेदवार, कार्यकर्ता र मतदातासँग भेट्ने छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : ५० बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको