जाँतो बोकेर चुनावमा होमिएका विकास भन्छन् : टुरिस्ट उम्मेदवारलाई सर्लाही १ बाट बिदा गर्छु « Khabarhub

जाँतो बोकेर चुनावमा होमिएका विकास भन्छन् : टुरिस्ट उम्मेदवारलाई सर्लाही १ बाट बिदा गर्छु


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले दलदेखि सरकारी निकायसम्म युवा पुस्ताको माग गरेको छ ।

केही दलले उक्त आवाजको सम्बोधन गर्दै युवा नेतृत्वव ल्याइसकेका छन्। केहीमा भने पुरानै अनुहार दोहोरिएका छन् ।

फागुन २१ को निर्वाचनका लागि पनि दलहरूले युवाहरूलाई धेरै प्राथमकिता दिएका छन् ।

चुनावी दौडमा रहेका युवाहरूको सूचीमा छन् विकासकुमार ठाकुर । राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीको एकल चुनाव चिह्न जाँतो ‘चकिया’ बोकेर उनी यतिबेला सर्लाही–१ बाट मैदानमा छन् ।

ठाकुरले यस पटक आफ्नो भूगोलमा जित निकालेर पाहुना उम्मेदवारलाई बिदा गर्ने बताएका छन् । अहिलेसम्म यस क्षेत्रबाट जित्नेले जनहितमा काम गर्न नसकेको उनले सुनाए ।

अब यही क्षेत्रको बासिन्दा भएकााले दुःखसुखमा मतदातालाई साथ दिने उनले बताए । उनले ‘जनताको सेवक’ बनेर काम गर्न आफूले उम्मेदवारी दिएको बताए ।

‘अहिलेसम्म हाम्रो क्षेत्रका जनप्रतिनिधिले यहाँको आवाज संसद्‍मा लगेनन् । विकास निर्माणको काम पनि गरेनन् । त्यहीकारण जनता रुस्ट छन्’, उनी भन्छन्, ‘यी सबै समस्याको समाधान गर्न चुनावी मैदानमा छु, जनतालाई सेवा दिन्छु । हरेक महिना पालिका पुगेर समस्या सुन्छु । ती समस्या सम्बन्धित निकायमा लगेर समाधान गर्छु । मैले गरेको वाचा पूरा गर्छु भनेर ल्याप्चे लगाउन तयार छु ।’

सर्लाही १ मा शिक्षा, स्वास्थ्य र बेरोजगारीसँगै भौतिक पूर्वाधारको अभाव छ । उनले आफू निर्वाचित भए यी कुरालाई प्राथमिकता दिने बताए ।

आफूले एक दशकयता देशको राजनीतिलाई नजिकबाट नियालेको बताउँदै उनले सकेको सामाजिक काम पनि गरेको जिकिर गरे ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध रहेका कारण जनप्रतिनिधिका रुपमा निर्वाचित भए राष्ट्रहितमा काम गर्ने पनि बताए ।

सर्लाही १ का सरकारी अस्पताल र विद्यालय पूर्वाधारको विकासमा काम गर्ने उनले बताए । आवश्यक ठाउँमा विद्यालय र अस्पताल बनाउन पहल गर्ने पनि उनले बताए ।

आफ्नो निर्वाचन क्षेत्रभित्रका हरेक विद्यालय र अस्पतालमा बस र सुविधासम्पन्न एम्बुलेन्स ल्याउने पनि उनले बताएका छन् ।

सर्लाही १ मा परम्परागत राजनीति चल्न नदिन चुनावी मैदानमा खडा भएको ठाकुरले बताए । अरु पार्टीका उम्मेदवारको परीक्षा भइसकेकाले उनीहरू असफल भएको पनि उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ दलले टुरिस्ट उम्मेदवार उठाएकाले आफ्नो जित हुने दाबी ठाकुरले गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ३ : १८ बजे

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण

नाइजेरियामा नरसंहारपछि सेना तैनाथ

एजेन्सी– नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका ट्राफिक

आणविक बम पीडितमा युद्धको गहिरो त्रास

एजेन्सी– अमेरिका–रुसबीचको अन्तिम हातहतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ समाप्त भएपछि