मुखमा जाल अड्किएको घडियालको उद्धार « Khabarhub

मुखमा जाल अड्किएको घडियालको उद्धार


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नवलपुर- अति सङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही)को नारायणी नदीबाट उद्धार गरिएको छ । मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा पर्ने अमलटारीघाटस्थित नारायणी नदीमा फेला परेको घडियालको स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले लगातार चार दिनको प्रयासपछि बुधबार दिउँसो गोहीको मुखबाट तियारी जाल हटाउन सकिएको जानकारी दिए । “स्थानीय गोपाल बोटेको सक्रियतामा निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दाको सहयोगले चार दिनपछि भाले गोहीको उद्धार गर्न सफल भयौँ”, उनले भने, “मुखमा तियारी जाल बेरिएको थियो, जाल काटेर गोहीलाई नदीमा छाडिएको छ ।”

माछा मार्ने क्रममा नदीमा छोडिएको जाल गोहीको मुखमा बेरिएको हुनसक्ने थापामगरले जानकारी दिए । उद्धार गरिएको गोहीको स्वास्थ्य अवस्था राम्रो भएको भन्दै उद्धारमा संलग्न बोटे समुदायलाई उनले धन्यवाद दिए । बुधबार उद्धार गरेर नारायणीमा छोडिएको गोही वयस्क भाले घडियाल भएको उनको भनाइ छ ।

योसँगै यस वर्ष नारायणी नदीबाट चार वटा घडियाल गोहीको उद्धार गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिए । उनका अनुसार अघिल्लो महिना गरिएको स्थलगत घडियाल गोही गणनाको क्रममा नारायणी नदीमा दुई तथा राप्तीमा सात वटा गरी यस क्षेत्रमा नौ वटा भाले घडियाल गोही फेला परेका छन् ।

त्यस्तै नारायणीमा १३५ तथा राप्तीमा २३१ गरी निकुञ्जमा ३६६ वटा वयस्क घडियाल गोहीको गणना गरिएको थापा मगरले जानकारी दिए । निकुञ्जले प्राकृतिक वातावरणमा घडियाल गोहीको सङ्ख्या वृद्धि गर्न निकुञ्जको प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छोड्दै आएको छ । अति सङ्कटापन्न अवस्थाको घडियालसहितका वन्यजन्तु संरक्षणका लागि निकुञ्जले स्थानीय समुदायसँग साझेदारी गरेर कार्यक्रम गर्दै आएको छ ।

“संरक्षणमा स्थानीयलाई सचेत बनाउँदै सहभागी गराउँदा त्यसले सकारात्मक प्रतिफल दिने गरेको छ”, उनले भने “समुदायको सहभागितामा संरक्षण कार्य अगाडि बढाउँदा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत टेवा पुग्दै आएको छ ।” निकुञ्जले संरक्षणमा स्थानीयलाई अपनत्व ग्रहण गराउनेगरी विश्व सिमसार दिवसको अवसर पारेर सोमबारमात्रै स्थानीय बोटे समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडेको थियो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ३ : २३ बजे

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित