‘शिवांश’को ट्रेलर : अघोरीको भेषमा प्रवीण, साधुको आवरणमा हुने अपराधको कथा « Khabarhub

‘शिवांश’को ट्रेलर : अघोरीको भेषमा प्रवीण, साधुको आवरणमा हुने अपराधको कथा


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘शिवांश’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका शीर्ष नायक प्रवीण खतिवडालाई अघोरीको भूमिकामा देखाइएको छ ।

साधुको आवरणमा हुने अपराधका घटनाहरुमा आधारित रहेर फिल्म बनेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा साधुहरु हत्यामा प्रत्यक्ष सहभागी भएको देखाइएको छ ।

निर्देशक सन्तोषकुमार आत्रेयका अनुसार सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको जस्तो देखिने साधुहरुको डरलाग्दो क्रुर मानसिकता र व्यवहारका बारेमा फिल्म बनेको छ ।

उनका अनुसार यो फिल्ममा हिन्दू धर्मसँग जोडिएका विभिन्न चर्चित पौराणिक घटना पनि समेटिएको छ ।

ट्रेलरमा रहस्यमयी दिव्य शीलाले कलियुमा निम्त्याएको विनाशको पाटो पनि देखाइएको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै ट्रेलरको मुख्य आकर्षण देखिन्छ ।

ट्रेलरमा एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् । अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरीको अनुसन्धान पनि देखिन्छ । यसले धार्मिक पाटो र आधुनिक युगको संयोजन रहेको प्रष्ट पार्छ ।

फिल्ममा प्रवीणसहित तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने शीर्ष भूमिका छन् । विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा र टीका निरौलालगायत मुख्य भूमिकामा छन् ।

अञ्जान सिनेमाको ब्यानरमा बनेको यस फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

ट्रेलरको लिकं :

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ६ : ०० बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)