‘शिवांश’को ट्रेलर : अघोरीको भेषमा प्रवीण, साधुको आवरणमा हुने अपराधको कथा « Khabarhub

‘शिवांश’को ट्रेलर : अघोरीको भेषमा प्रवीण, साधुको आवरणमा हुने अपराधको कथा


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘शिवांश’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका शीर्ष नायक प्रवीण खतिवडालाई अघोरीको भूमिकामा देखाइएको छ ।

साधुको आवरणमा हुने अपराधका घटनाहरुमा आधारित रहेर फिल्म बनेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा साधुहरु हत्यामा प्रत्यक्ष सहभागी भएको देखाइएको छ ।

निर्देशक सन्तोषकुमार आत्रेयका अनुसार सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको जस्तो देखिने साधुहरुको डरलाग्दो क्रुर मानसिकता र व्यवहारका बारेमा फिल्म बनेको छ ।

उनका अनुसार यो फिल्ममा हिन्दू धर्मसँग जोडिएका विभिन्न चर्चित पौराणिक घटना पनि समेटिएको छ ।

ट्रेलरमा रहस्यमयी दिव्य शीलाले कलियुमा निम्त्याएको विनाशको पाटो पनि देखाइएको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै ट्रेलरको मुख्य आकर्षण देखिन्छ ।

ट्रेलरमा एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् । अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरीको अनुसन्धान पनि देखिन्छ । यसले धार्मिक पाटो र आधुनिक युगको संयोजन रहेको प्रष्ट पार्छ ।

फिल्ममा प्रवीणसहित तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने शीर्ष भूमिका छन् । विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा र टीका निरौलालगायत मुख्य भूमिकामा छन् ।

अञ्जान सिनेमाको ब्यानरमा बनेको यस फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

ट्रेलरको लिकं :

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ०० बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत