विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली « Khabarhub

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सपना देख्नुका साथै त्यसलाई साकार पार्ने स्पष्ट तयारी र दृढ कार्यान्वयन आवश्यक रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल स्मरण गर्दै नाकाबन्दीका कारण देशभर खाना पकाउने ग्यासलगायत दैनिक प्रयोगका इन्धन अभाव भएको कठिन समयको उल्लेख गरेका छन् ।

‘त्यसबेला नेपाली जनताको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले हामी आफैँ ग्यास उत्खनन गर्छौँ पाइपमार्फत भान्सासम्म ग्यास पुर्‍याउँछौ भन्ने सपना अघि सारेका थियौँ,’ ओलीले भने । आफू सरकारको नेतृत्वमा रहँदा दैलेखमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन गरी उत्खनन प्रक्रिया अघि बढाइएको स्मरण गराउँदै उनले त्यसकै परिणामस्वरूप गत वर्ष दैलेख क्षेत्रमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको उल्लेख गरेका छन् ।

ओलीले नमूना परीक्षण सफल भएपछि गत मङ्सिरमै व्यावसायिक उत्पादनको योजना सहित काम अगाडि बढाइएको भए पनि भदौमै सरकारबाट बाहिरिनुपरेपछि उक्त परियोजनाले निरन्तरता पाउन नसकेको बताए । ‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने छौँ’, अध्यक्ष ओलीले भने, ‘देशलाई ऊर्जा आत्मनिर्भर बनाउने हाम्रो सङ्कल्प अडिग छ ।’

उनले विकास सम्भव छ भन्ने विश्वास जगाउनु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय आवश्यकताका दीर्घकालीन परियोजनामा राजनीतिक स्थायित्व र निरन्तरता अपरिहार्य हुने धारणा राखे ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ८ : ०२ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन