विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल « Khabarhub

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल प्रतियोगिता मात्र नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि भएको बताएका छन् ।

आईसीसी टी–२० विश्वकप सुरु हुनुअघि आयोजित कप्तान मिटमा उनले आफ्नो क्रिकेट यात्राको जरा सन् २०१४ को विश्वकपसँग गाँसिएको स्मरण गरे।

रोहितका अनुसार अहिले नेपालबाट विश्वकप खेल्दै गरेका धेरै खेलाडीहरू त्यही २०१४ को विश्वकप हेर्दै क्रिकेटप्रति आकर्षित भएका हुन्। ‘हामी आफैं सन् २०१४ को विश्वकप हेरेर हुर्किएका हौं,’ उनले भने, ‘अब हामी मैदानमा उत्रिँदा, हामीलाई हेरेर अर्को पुस्ता क्रिकेटतर्फ प्रेरित हुने समय आएको छ।’

नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा उपस्थिति जनाएपछि २०२४ मा दोस्रो सहभागिता जनाएको थियो। अब तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालका लागि यो यात्रालाई निरन्तरता मात्र होइन, पहिचान अझ बलियो बनाउने अवसरको रूपमा पनि हेरिएको छ।

आफ्नो प्रदर्शनप्रति आत्मविश्वासी देखिएका रोहितले विश्वकपमा सक्दो उत्कृष्ट खेल देखाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : ४२ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि