विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल « Khabarhub

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल प्रतियोगिता मात्र नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि भएको बताएका छन् ।

आईसीसी टी–२० विश्वकप सुरु हुनुअघि आयोजित कप्तान मिटमा उनले आफ्नो क्रिकेट यात्राको जरा सन् २०१४ को विश्वकपसँग गाँसिएको स्मरण गरे।

रोहितका अनुसार अहिले नेपालबाट विश्वकप खेल्दै गरेका धेरै खेलाडीहरू त्यही २०१४ को विश्वकप हेर्दै क्रिकेटप्रति आकर्षित भएका हुन्। ‘हामी आफैं सन् २०१४ को विश्वकप हेरेर हुर्किएका हौं,’ उनले भने, ‘अब हामी मैदानमा उत्रिँदा, हामीलाई हेरेर अर्को पुस्ता क्रिकेटतर्फ प्रेरित हुने समय आएको छ।’

नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा उपस्थिति जनाएपछि २०२४ मा दोस्रो सहभागिता जनाएको थियो। अब तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालका लागि यो यात्रालाई निरन्तरता मात्र होइन, पहिचान अझ बलियो बनाउने अवसरको रूपमा पनि हेरिएको छ।

आफ्नो प्रदर्शनप्रति आत्मविश्वासी देखिएका रोहितले विश्वकपमा सक्दो उत्कृष्ट खेल देखाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ८ : ४२ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको