महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता « Khabarhub

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गाईघाट – महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताए ।

गाईघाटस्थित रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय महिला च्याम्पियनसीप लिगको तयारी गरिएको बताए ।

उक्त लिगमा १० ‘ए’ डिभिजन तहका महिला टोलीले सहभागिता जनाउने महासचिव राईले बताए । आयोजकका अनुसार प्रतियोगितामा न्युरोड महिला फुटबल टोली काठमाडौँ, गाईघाट महिला फुबटल टोली उदयपुर, त्रिभुवन आर्मी महिला टोली, नेपाल पुलिस, क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, आरएस रिसोर्ट, क्लब चर्च युनियन, छहारी युथ क्लब, सङ्कटा युथ क्लब, रिले युथ क्लबलगायतले भाग लिने छन् । प्रथम हुने टोलीलाई रु सात लाख ५० हजार पुरस्कार र ट्रफी तथा दोस्रो हुनेलाई रु पाँच लाख नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : ४९ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव