आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२६ मार्च ५ तारिख। भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सरकारले आज प्रतिनिधि सभा निर्वाचन गराउँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकसाथ मतदान हुँदैछ ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। देशको नेतृत्व चयन गर्ने अवसर पाउँदा मनमा खुशी बढ्नेछ ।

वृष : गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा नम्रताको खाँचो देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा खटपटी बढ्नेछ। काम गर्दा  विवेक  प्रयाेग गर्नुपर्ने दिन छ ।

मिथुन : बोलीको प्रभाव रहनेछ। दीर्घकालीन निर्णय लिने दिन छ । तपाईको बाेली परोपकारका काममा प्रयोग गर्नुहोला। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र भने असन्तुष्टि बढ्नेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सहकर्मी साथीले कुरा काट्ने जोखिम छ। रोगसँग सचेत बनेर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। लामाे यात्राको योग छ ।

सिंह : दिन सहज छ। साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ। दीर्घकालीन नयाँ योजना बन्नेछन्। निर्णय गर्दा साेच्नुपर्ने हुन्छ ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। 

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिँदा काम सहजै बन्नेछन्। शिक्षामा मिहिनेतको फल प्राप्त नहुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : अरुको सेवा गर्दा आफ्ना काम स्थगित हुने सम्भावना धेरै छन्। स्वास्थ्यले साथ नदिए पनि शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। आज मानसम्मान प्राप्त हुनेछ।

वृश्चिक : दिनमा सामान्य सुधार भएको छ। शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

मकर : सञ्चित धन खर्च हुनेछ। सहकार्यमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु आवश्यक देखिन्छ।

कुम्भ : मन अशान्त बन्ने जोखिम छ। निर्णय गर्दा सचेत बन्नुपर्ने हुन्छ । सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मीन :साथीसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। आज आफन्तबाट भने धोका हुनसक्छ। निर्णय क्षमता बढ्दा मन शान्ता बन्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ०९ बजे

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत