मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ « Khabarhub

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको नतिजा आफ्नो पार्टीको पक्षमा आउने आशयको अभिव्यक्ति दिएका छन् ।

काठमाडौंको चुच्चेपाटीको केन्द्रमा पुगेर मतदान गरेपछि पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘इतिहासको एउटा यस्तो मोडमा देश आइपुगेको छ । मतदानको सुरुवाती चरणमा छौं हामी । मलाई एकदमै सकारात्मक भाव आएको छ । गुड भाइव आएको छ । ऐतिहासिक परिणाम आउँछ जस्तो लागेको छ ।’

जेन-जीको बलिदानका कारण यो निर्वाचन विशेष रहेको उनले बताए । आन्दोलनमा ज्यान गुमाउनेको स्मरणले आफू भावुक भएकोसमेत उनले सुनाए ।

उनले भने, ‘कलिला भाइ–बहिनीहरूको बलिदानपछि परिवर्तनका लागि भएको मतदान हो यो । दुखद घटनाले देखाउन खोजेको सुन्दर भविष्यको चुनाव हो यो । बिगतका कुनै चुनावभन्दा यसको महत्त्व बढी छ । यसकारण म भावुक पनि भए ।’

लामिछाने पहिला बंगलाामुखी मन्दिर पुगेर मतदान केन्द्र पुगेका थिए । मतदान गरेपछि उनले मतपेटिकालाई ढोगेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ३० बजे

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते