सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ « Khabarhub

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन्।

निर्वाचनमा खटिएका कर्मचारीको हकमा भने उनीहरूले आफू खटिएको सम्बन्धित बुथबाटै समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ।

मतदानमा खटिएका तथा ड्युटीमा खटिएका निजामति कर्मचारी, प्रहरी, सेनालगायतले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचय पत्र देखाएर समानुपातिकमा मतदान गर्न पाउँछन्।

यद्यपि आफूहरूले मतदान गर्न नपाएको भनेर कर्मचारीहरूले गुनासो गरिरहेका छन्। मतदान अधिकृतले मतदान गर्न दिन रोकेको भनी कर्मचारीले भनेका छन्। कर्मचारीलाई मतदान केन्द्रमा नाम नभएकाले मतदान गर्न पाउँदैन भनेर रोकिरहेको एक प्रहरी अधिकृतले बताए।
यदि उनीहरूले मतदान गर्न पाएनन् भने तीन लाख भन्दा बढी मत समानुपातिकमा खेर जाने देखिन्छ।

यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सहजीकरण गरिरहेको बताएका छन्।

यद्यपि यो विशेष आयोगसम्म आउनु नपर्ने र मुख्य निर्वाचन अधिकृतले हरेक जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए।

उनले भने, ‘यो अस्थायी नामावली तयार गर्ने सम्बन्धित जिल्लाले मिलाउने विषय हो। काठमाडौँमा अलिअलि केही कुरा आउँछ, हाम्रा साथीहरुले सहजीकरण गर्दै हुनुहुन्छ। नामावली अद्यावधिक गर्ने बेलामा केहीको छुटेको हो कि भन्ने कुरा हामीले पनि थाहा पाएका छौँ। साथीहरु सहजीकरणमा जुटिरहनु भएको छ।’

उनले सबैले मतदान नै गर्न पाउने कुराको निश्चित भने नभएको संकेत गरे। भट्टराईले भने, ‘के छ स्टाटस यताबाट हुन सक्ने जति सहयोग भइराखेको छ। वास्तवमा यो आयोगमा आउन नपर्ने विषय हो जिल्लाबाट मुख्य निर्वाचन अधिकृतलाई प्रमाणित गर्ने अधिकार दिइएको छ। यहाँ केही छुटेको भन्ने भएकाले गर्ने उहाँहरुले हो, आयोगले नीतिगत सहजीकरण गर्ने हो ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : २६ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका