दुवै पूर्वराष्ट्रपतिले खसाले मत « Khabarhub

दुवै पूर्वराष्ट्रपतिले खसाले मत


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको जारी निर्वाचनमा उनीहरू बिहीबार मतदाताका रुपमा सहभागी भएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रमा पुगेर मत खसालेकी हुन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बीपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै उनले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरे ।

उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन आग्रहसमेत गरे।

पूर्वराष्ट्रपति डा यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको भन्दै मतदातालाई गम्भीर भएर विवेकपूर्ण ढङ्गले मतदान गर्न आग्रह गरे।

‘हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौँ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ’, उनले भने।

पूर्वराष्ट्रपति डा. यादवले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनका उपलब्धिको परिणाम भएको उल्लेख गर्दै त्यसमा विसं २००७, २०४६ र २०६२-६३ का जनआन्दोलन तथा मधेस आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक विशेषतासहितको संविधानलाई अझ सुदृढ बनाउन सही पार्टी र सही व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ०६ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई