ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार « Khabarhub

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा मतदान गर्ने मतदाता बिहान साढे १२ बजेसम्म पनि मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले सो निर्वाचन केन्द्रमा मतदान गर्ने मतदाताहरूले उनीहरूले लामो समयदेखि राखेको माग सुनुवाइ नभएको कारण मतदान नगरेको बताएका छन् । 

टोक्सेलका स्थानीयले सो ठाउँमा प्रादेशिक अस्पताल निर्माण गर्न माग गरेको र आवश्यक जग्गाको समेत व्यवस्था गर्दा पनि सरकारले अस्पताल निर्माणको काम अघि नबढाएको भन्दै सामूहिक निर्णय गरेर मतदानमा सहभागी नभएका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ०३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी

किमाथांका–  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ ।

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

एजेन्सी– अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८