पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो « Khabarhub

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी छन् ।

नायिका शर्माले सामाजिक सञ्जाल फेसबुकबाट पहिलो पटक मतदान गरेको फ्यानहरूलाई जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘लेखौं भविष्य आफ्नो आफैँले हाम्रो परिवारको भेट कसलाई होला ? भोट हाल्नुभयो त ?’

उनले पृष्ठभूमिकामा मन्दिरको घण्टी देखाएर तस्बिर सेयर गरेकी छन् ।

मतदान पश्चात उनले एक कविता पनि सेयर गरेकी छन् ।

कविता यस्तो छ –

मेरो औँलामा लागेको यो निलो मसी
साधारण दाग होइन ,
मेरो जिम्मेवारीको चिनो हो,
मेरो आवाज, मेरो अस्तित्व,
मेरो देशप्रतिको पहिलो कसम हो |
जब म मतदान केन्द्र पुगेँ,
लाइनमा उभिँदा
मनमा हजारौँ प्रश्नहरू थिए,
डर लाग्थ्यो…
कतै गलत हातमा देश नपरोस्,
कतै मेरो पहिलो भोट
भोलिको पश्चाताप नबनोस्।
तर फेरि सम्झिए भोलिका हाम्रा सन्तानको
सुनौलो भविष्य र स्वतन्त्र सपना…
मेरो आजको निर्णयमै त निर्भर छ।
केही अनुहारमा देखिन्थ्यो आशा,
केही भाषणमा परिवर्तनको वाचा,
मनले भन्थ्यो,
‘सायद यिनैले देश बनाउनेछन्।’
तर भित्र कतै सानो डर पनि,
‘यदि यी पनि उस्तै भए भने?
यदि फेरि विश्वास टुट्यो भने?’
त्यसैले मेरो भोट
केवल कागजमा छाप होइन,
यो त प्रार्थना हो,
यो त विश्वास हो,
यो त भविष्यको बीउ हो।
म चाहन्छु-
भ्रष्टाचारभन्दा माथि उठेको देश,
युवाले विदेश होइन, आफ्नै माटो रोज्ने देश,
आमाको अनुहारमा ढुक्क मुस्कान भएको देश।
आज मैले पहिलो पटक भोट हाल्दा
आँखामा आशा थियो,
मनमा डर थियो,
तर छातीमा साहस थियो !
मेरो पहिलो भोट
मेरो सपना हो,
मेरो संघर्ष हो,
मेरो भोलि हो।
र म चाहन्छु—
यो कहिल्यै पछुतो नबनोस्,
बरु
मेरो पुस्तादेखि मेरा सन्तानसम्म
गर्वको कथा बनोस्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : १८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान