नायिकाहरूले गरे मतदान « Khabarhub

नायिकाहरूले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा शर्मा, सुरक्षा पन्त र वर्षा राउत मतदान गरेका छन् ।

उनीहरूले आ–आफ्नो क्षेत्रको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।

रेखाले काठमाडौं ४, केकीले मुलपानी, ऋचाले बूढानीलकण्ठ, नीताले बालकुमारी र सुरक्षा पन्तले रुपन्देही २ को मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।

मतदानपछि रेखाले नतिजाअनुसार मिलेर र मिलाएर देश बनाउन दलहरूलाई शुभकामना दिएकी छन् ।

आमासँग मतदान केन्द्र पुगेर मत खसालेकी केकीले लेखेकी छन्, ‘देशको हितमा हामी आमा-छोरीले मत दियौं है ।’

त्यस्तै, नायिका ऋचा शर्माले मतदान गरेर कर्तव्य पूरा गरेको बताएकी छन् ।

मतदानपछिको तस्बिर सेयर गर्दै नायिका वर्षा राउतले भदौ २३–२४ को जेनजी आन्दोलनलाई स्मरण गरेकी छन् ।

उनले लेखेकी छन्, ‘मेरो औँलाको दागले मेरो देशमा अब कुनै दाग नलागोस्। यसपालीको भोट आशावादी भएर दिएको छु। धेरै नेपाली जनताले आशा गरेको परिवर्तनको लागि, लाखौँ आशावादी जेन(जी पुस्ता लागि, देश बस्न लायक हुन्छ भनेर आशा गरेका सम्पूर्ण नेपालीको सपनाको लागि। अब फेरि २३ अनि २४ जस्तो घटना देख्न नपरोस् । यसपाली आशाको भोट, अर्कोपालि उत्साहको होस् । व्यक्ति, दलभन्दा देशले जितोस् । सबैमा शुभकामना।’

नीताले श्रीमान् हरिहर अधिकारीसँग पुगेर मतदान गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले आफ्नो मत दियौं ।’

नायिका सुरक्षाले आफ्नो बहुमूल्य मत उपयोग गरेको बताएकी छन् । उनले लेखेकी छन्, ‘सम्पूर्ण नेपालको शान्ति, सुरक्षा र कसैले पनि आखाँ लगाउन नसक्ने बेजोड एकताको धरातलमा रहेर भावी पुस्ताले बारम्बार मागिरहेको अदम्य प्रगतिको कामना गर्दै बहुमूल्य मत पठाइयो। हामी सबैको मत समय सार्थक रहोस् ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १ : ५७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान