प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

किमाथांका–  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ । जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जना थपलियाले जानकारी दिए ।

 जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत रहेको र जिल्लाको सबै क्षेत्रसहित सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले खाँदबारी–१ टुँडिखेल मतदान केन्द्रबाट मतदान गरेका थिए । 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अर्जुन कार्कीले खाँदबारी–९ को मनकामना रत्न अम्बिका माविको मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सरिता थापाले पाँच खपन– ९ जलजलबाट मतदान गरे।

जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । सङ्खुुवासभामा एक स्वतन्त्र, तीन महिलासहित १६ जना चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा  एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।


त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ ।  गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । 

प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका छन् ।  

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १ : ३९ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको