निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ « Khabarhub

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान पश्चात उनले लोकतन्त्रलाई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताए। 

प्रतिनिधिसभा सदस्यनिर्वाचन अन्तर्गत जिल्लाको दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । जिल्लाको ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । 

मतदान जारी रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । मतदान केन्द्रमा महिला र पुरुषको छुट्टाछुटै लाइनमा बस्ने व्यवस्था मिलाइएको छ, भने आपाङ्गता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीलाई लाइनमा बस्न नपर्ने गरी विशेष व्यवस्था मिलाइएको प्रमुख ढकालले बताए।

जिल्लाका १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र राखिएको छ । यसममध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। यस्तै मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको सहायक प्रजिअ जोशीले बताए।

भीमफेदी कारागारमा रहेका ९९५ कैदीबन्दीमध्ये १६२ जनाको मतदाता नामावलीमा नाम समावेश रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताए।

मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १ : ५२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान