सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस् « Khabarhub

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका छन् । केही मतदाता हिँडेरै भोट हाल्न पुगेका छन् । केहीलाई भने सन्तान र आफन्तको सहारामा पनि मतदानस्थल लगियो ।

‘आफ्नो भोटले देश बन्छ’, ‘भोट हाल्दा खुसी लागेको’ जस्ता अभिव्यक्ति जेष्ठ नागरिकहरूबाट आएका छन् । आसन्न निर्वाचनमा जेष्ठ नागरिकदेखि जेन- उमेर समूहका सबैले उत्साहजनक उपस्थिति जनाएका छन् । जेष्ठ नागरिकहरूको सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोधप्रति उच्च सम्मान देखिन्छ । 

बझाङको जयपृथ्वी नगरपालिका-२ स्थित बालविकास आवासीय विद्यालय मतदान केन्द्रमा १०५ वर्षीया जेष्ठ नागरिक जंगादेवी खड्काले मतदान गरेकी छन् । 

त्यसैगरी भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गरेकी छिन् । 

बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आफूलाई खुशी लागेको बताएका छन् । 

उनले भने, ‘यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।’ 

स्याङजाको गल्याङ नगरपालिका–७ स्थित कालिका मतदान केन्द्रमा ९९ वर्षीय खेमप्रसाद सापकोटाले मतदान गरेका छन् । ‘मेरो भोटले देश बन्छ’ भन्दै उनले मत हालेका छन् । 

मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

झापा १ को त्यही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् । उनी छोरा र नातिको सहयोगमा मतदान गर्न आएकी थिइन् ।

तनहुँमा १०७ वर्षीय गणेशबहादुर रावतले मतदान गरेका छन् । शुक्लागण्डकी नगरपालिका–३  निवासी उनले निर्मल आधारभूत प्राथमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले मताधिकार प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 

उनलाई मतदानमा निर्वाचन कर्मचारीले सहयोग गरेका थिए । त्यस्तै, स्याङ्जामा पनि १११ वर्षीया वृद्धाले मतदान गरेकी छन् । उनलाई बोकेर मतदान केन्द्रसम्म पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ४ : ०९ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल