फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली « Khabarhub

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ लाई आफ्नो जीवनको ‘कहिल्यै नबिर्सने दिन’ बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस दिनसँग जोडिएका दुई महत्वपूर्ण संयोग स्मरण गरेका हुन्।

ओलीले लेखेका छन् आज सुखानी शहीद दिवस पनि हो र आजकै दिन ६ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन आफू मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिनका रूपमा स्मरणीय रहेको उनले उल्लेख गरेका छन्।

उनले झापा आन्दोलनलाई निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको ऐतिहासिक आन्दोलनका रूपमा स्मरण गरेका छन्। सोही क्रममा आफूहरूलाई जेल हालिएको र आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको उनले बताएका छन्।

ओलीले आफू पनि जेल सार्ने नाममा हत्या गरिन लाग्दा मृत्युको मुखबाट फर्किएको उल्लेख गर्दै १४ वर्ष कठोर कारावास भोगेको स्मरण गरेका छन्। उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनका अनुसार फागुन २१ आफ्नो जीवनका संघर्ष, पीडा र पुनर्जन्मसँग जोडिएको विशेष दिन हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ४९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान