उत्तरी गोरखामा समय अगावै सकियो मतदान « Khabarhub

उत्तरी गोरखामा समय अगावै सकियो मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ । हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् ।

मतदान सकिए पनि नियमानुसार ५ः०० बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले बताए । 

यस मतदान केन्द्रमा रहेका १९८ मतदातामध्ये १२ बजेसम्म १३८ मत खसेको छ, त्यसपछि कोही पनि मतदान गर्न आएका छैनन् । नियमानुसार ५ः०० बजेसम्म कुरेर बस्नुपर्ने भएकाले केन्द्रमा नै बसिरहेका छौँ’, उनले भने । उनका अनुसार पार्टीका प्रतिनिधिले भोट हाल्न आउने मतदाता यति नै हुन् भनेका छन् ।

सिदुङ आधारभूत विद्यालय सस्र्युँमा पनि मतदान सकिएको छ । यहाँ १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए । उनले पनि ५ः०० बजेसम्म कुर्नुपर्ने नियमानुसार बसिरहेको बताए ।

क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा कूल एक सय मतदाता रहेकामा ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिए । एक सय ११ जना मतदाता रहेको छाक आधारभूत विद्यालयमा ५५ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत रमेश ढकालले बताए  । 

एक सय चार मतदाता रहेको साम्दो आधारभूत विद्यालयस्थित केन्द्रमा बिहान ११ः०० बजेसम्म २४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए ।

जाडो छल्न काठमाडौँलगायत अन्य जिल्लामा झरेका मतदाता केही बाटोमा आउँदै गरेका जानकारी प्राप्त भएकाले मतदाता सङ्ख्या बढ्न सक्ने उनले बताए । 
 
चुमनुब्री–५ को क्राक आधारभूत विद्यालयस्थित मतदात केन्द्रमा रहेका १३७ मतदातामध्ये ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठले उल्लेख गरे । ‘नियमानुसार मतदान केन्द्रमा कुरेर बसिरहेका छौँ’, उनले भने ।

त्यस्तै, १३७ मतदाता रहेका बुद्ध हिमाली आधारभूत विद्यालय मतदात केन्द्रमा ९० मत, चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदात केन्द्रमा रहेका १७५ मतदातामध्ये १२ः०० बजेसम्म ६९ मत र १७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालयमा ८४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए । 

‘लार्केबजार स्वास्थ्यचौकी मतदान केन्द्र नाम्रुङमा १ः०० पनि कोही मतदाता आएका छैनन्’, मतदान अधिकृत राजेन्द्र खनालले भन । जिल्लाको सबैभन्दा कम ७६ मतदाता रहेकामा हालसम्म २४ जनाले मतदान गरेका उनले जानकारी दिए । रासस
 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ४ : ५५ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ