कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह « Khabarhub

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।

बिहीबार दिउँसो भएको वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो र चिन्ता व्यक्त गरिन्।

उनले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण प्रदान गरिएकोमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट धन्यवाद दिइन् ।

प्रधानमन्त्री कार्कीले कतारमा बसोबास र रोजगारी गरिरहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै उनीहरूको हेरचाहका लागि कतार सरकारप्रति कृतज्ञता जनाइन् ।

उनले पश्चिम एसियाको अवस्थालाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्व नचर्काउन र सर्वसाधारण नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिन्।

यसका साथै सबै राष्ट्रले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा महासन्धि तथा मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिइन्।

युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले वार्ता र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन समाधान सम्भव हुने धारणा राखिन्।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत सम्बन्ध थप सुदृढ हुने उनले विश्वास पनि व्यक्त गरिन् ।

टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमिमा, विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै कतारप्रति ऐक्यबद्धता जनाए ।

जवाफमा कतारी प्रधानमन्त्री अल-थानीले नेपाल–कतार सम्बन्ध सुमधुर र मित्रवत् रहेको उल्लेख गर्दै कतारमा रहेका नेपाली नागरिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले वर्तमान परिस्थितिमा नेपालीहरूलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण उपलब्ध गराइने स्पष्ट पारे ।

वर्तमान अवस्थालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आफ्नो मुलुकले सार्वभौमिकता र आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको धारणा राखे। कतार सधैं शान्तिको पक्षमा रहेको उल्लेख गर्दै यस प्रकारका गतिविधिको विरोधी रहेको पनि बताए ।

यस कठिन घडीमा नेपालले देखाएको मित्रता र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्दै उहाँले परिस्थिति छिट्टै सामान्य हुने अपेक्षा राखेयो। यसका साथै, आगामी दिनमा दुई मुलुकबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ४ : ३७ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी