अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मात्रै मतदान  « Khabarhub

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मात्रै मतदान 


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार अपराह्‍न ४ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ ।

आयोका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अपराह्‍न ४ बजेसम्ममा देशभर ४५ प्रतिशत मतदान भइसकेको छ।

यसअघि निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७७ वटै जिल्लाबाट ६५ प्रतिशत मत खस्ने आयोगले अनुमान गरेको बताएका थिए।

निर्वाचन अधिकृतको कार्यालय हुँदै सूचना आउनुपर्ने भएकाले समय लागिरहेको घिमिरेले बताए । घिमिरेले अगाडि भने, ‘केही जिल्लाको बाहेक साढे पाँच बजेसम्म मतदान सकिने जानकारी प्राप्त भएको छ ।’

देशभर १ करोड ८९ लाख ३,६८९ जना मतदाता रहेका छन्। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। अपरान्ह ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने सुविधा छ।

२०७९ को निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ६७.६३ प्रतिशत खसेको थियो।

२०७९ को स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए। स्थानीय तहको मतदानभन्दा प्रतिनिधिसभा र प्रदेशसभामा विगतका निर्वाचनमा पनि कम मतदान हुँदै आएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ४ : ५० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान