‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’ « Khabarhub

‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले दक्षिणी लेबनानको  हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी  गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायल माथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिण लेबनानको नबातीह क्षेत्रका गाउँका मेयर र उनकी श्रीमतीको आक्रमणमा मृत्यु भएको जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वमा रहेको जाहले सहर नजिकै कारमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

राजधानीको दक्षिणी उपनगर स्थित हेजबुल्लाहको मुख्य गढमा बिहीबार थप आक्रमणहरू भएको जनाइएको छ भने एनएनएले एएफपीटीभी फुटेजमा त्यस क्षेत्रबाट धुवाँ आउँदै गरेको देखाइएको छ ।

लेबनानको उत्तरमा त्रिपोली नजिकै भएको इजरायली ड्रोन आक्रमणमा हामासका वरिष्ठ अधिकारी वासिम अतल्लाह अल–अली र उहाँकी पत्नीको मृत्यु भएको जनाइएको छ ।

इजरायलले बिहीबार पनि, दक्षिणी लेबनानका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई सैन्य कारबाहीका कारण खाली गर्न चेतावनी दिएको छ । मंगलबार, इजरायली सेनाले इजरायली बासिन्दाहरूको सुरक्षाका लागि लेबनान भित्र बफर जोन सिर्जना गरिरहेको बताएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ०९ बजे

दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै

काठमाडौं– नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब