निर्वाचनको सफलताले गणतन्त्रप्रतिको विश्वास अझै बलियो भयो : प्रचण्ड « Khabarhub

निर्वाचनको सफलताले गणतन्त्रप्रतिको विश्वास अझै बलियो भयो : प्रचण्ड


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार एकै चरणमा सम्पन्न भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको निर्वाचन तमाम आशंका चिर्दै सभ्य, शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन्।

उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रचण्डले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले प्रणालीलाई अझ सुदृढ बनाएको धारणा राखेका छन्।

आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : ०६ बजे

संविधान जोगाउन भूमिका खेलेका राष्ट्रपतिले निर्वाचनपछि सन्तोषको श्वास फेरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल