शान्तिपूर्ण निर्वाचनले सुशीलालाई दिलाएको सफलता « Khabarhub

शान्तिपूर्ण निर्वाचनले सुशीलालाई दिलाएको सफलता


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि राजनीतिक संकटको घडीमा सरकारको नेतृत्व लिएकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार मुख्य म्यान्डेटमा सफल भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा नै फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट दिएका थिए । लामो संशयबीच पनि कार्की नेतृत्वको सरकारले सो मुख्य म्यान्डेट कार्यान्वयन गर्न सफल भएको छ ।

राजनीतिक, आर्थिक, कुटनीतिक, सुरक्षा लगायतका विषयमा आवश्यक समन्वय र व्यवस्थापन गर्दै निर्वाचन सफल पार्ने चुनौतीको सामना गर्न सरकार सफल भएको देखिएको हो ।

कूटनीति, सुरक्षा र आर्थिक व्यवस्थापनमा सफल

जेन-जी आन्दोलनपछि मुख्यतः लामो समयदेखि नेपालको राजनीतिका मूल प्रवाहको रूपमा स्थापित रहेका राजनीतिक दल र जेनजी आन्दोलनको नेतृत्व गर्ने पक्ष दुवैलाई निर्वाचनसम्म विश्वासमा डोहोर्‍याउने काम सरकारको निमित्त निकै कठिन विषय देखिएको थियो ।

तर, ठूला तथा पुराना राजनीतिक दल, जेनजी र दुर्गा प्रसाईं लगायतका पक्षलाई समेत सरकारले विभिन्न चरणका छलफल र समझदारी गर्दै निर्वाचनसम्म ल्याउन सफल भएको हो । यद्यपी यो बीचमा केही साना कम्युनिष्ट दल र दुर्गा प्रसाईं पक्षले भने निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका थिए । त्यस्तै, सरकारले जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएका हतियारको ठूलो हिस्सा निर्वाचन अघि फिर्ता गर्न सफल भयो ।

निर्वाचनको अवधिमा आन्दोलनको क्रममा लुटिएका हतियार प्रयोग भएको पनि देखिएन । सुरक्षा व्यवस्थापनका दृष्टिकोणले पनि सो विषय कार्की सरकारको ठूलो सफलताको रूपमा लिन सकिन्छ । सिंहदरबारदेखि देशैभरीका सुरक्षा निकाय तथा सरकारी कार्यालयहरूमा ठूलो क्षति भएको र सरकारको राजस्व आम्दानी खर्चको तुलनामा कमजोर बन्दै गएको अवस्थामा निर्वाचन खर्चको स्रोत व्यवस्थापन गर्ने कुरा पनि सरकारको लागि चुनौतीपूर्ण थियो ।

तर, अर्थमन्त्री रामेश्वर खनाल सरकारको विगतको अव्यवहारिक खर्च र खर्च क्षमता नभएको शीर्षकको खर्चभित्रबाटै स्रोत व्यवस्थापन गरेर निर्वाचन खर्चको व्यवस्थापन गर्न सफल भए ।

तुलनात्मक रूपमा शान्तिपूर्ण निर्वाचन

आज मुलुकमा १६५ वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विगतमा भएका निर्वाचनको तुलनामा थप शान्तिपूर्ण देखिएको छ । विगतको निर्वाचनमा मतपेटिका कब्जा गर्ने, बुथ कब्जा गर्ने, मान्छे मर्ने स्तरबाट झडप गर्ने लगायतका घटना हुने गरेका थिए । जुन सूचनाहरू हामीले सहजै समाचार अर्काइभबाट देख्न सक्छौँ ।

तर, आज सम्पन्न भएको निर्वाचनमा भने दोलखाको मालुमा राजनीतिक दलकै प्रतिनिधिबाट मतपत्र लुट्ने र सो पछि भएको एक हवाइ फायर, सर्लाही ४ मा सामान्य धकेलाधकेल, उदयपुरमा एक हवाइ फायर लगायतका सामान्य छिटफुट घटनाबाहेक गम्भीर प्रकृतिका घटना घटेनन् ।

तर, आज सम्पन्न निर्वाचनमा भने विगतको औसत रूपमा अपेक्षाकृत मत भने खसेन । निर्वाचन आयोगले देशैभरीको मतदान खसेको रिपोर्ट सार्वजनिक नगरेको र ४ बजेसम्मको अवस्थालाई हेर्दा ६० प्रतिशतमुनि नै मतदान खसेको हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : १६ बजे

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख