नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा « Khabarhub

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई बधाई दिएका छन् ।

यसका साथै उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा विभिन्न सरोकारवालालाई पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिएका छन् ।

प्रवक्ता जैसवालले गत वर्ष (भदौ २३–२४) का असाधारण परिस्थितिबीच पनि निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको भन्दै उनले नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक केही गाडीसहितका सामग्री उपलब्ध गराएको जानकारी पनि दिए ।

उनले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका लागि सहकार्य गर्न भारत इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ९ : ११ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका