नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा « Khabarhub

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई बधाई दिएका छन् ।

यसका साथै उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा विभिन्न सरोकारवालालाई पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिएका छन् ।

प्रवक्ता जैसवालले गत वर्ष (भदौ २३–२४) का असाधारण परिस्थितिबीच पनि निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको भन्दै उनले नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक केही गाडीसहितका सामग्री उपलब्ध गराएको जानकारी पनि दिए ।

उनले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका लागि सहकार्य गर्न भारत इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ११ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल