रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत « Khabarhub

आइसीसी टी–२० विश्वकप

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

भारतले दिएको २५४ रनको लक्ष्य पछ्याउनले क्रममा इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो।

इङ्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेले । यस्तै विल ज्याकले ३५ र जोस बटलरले २५ रन योगदान दिए । जोफ्रा आर्चर अविजित १९ रन बनाए ।

भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले समान रूपमा १–१ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। सन्जु सामसनले ८९, शिवम दुबे ४३, इशान किशन ३९, हार्दिक पाण्डेय २७ र तिलक बर्माले २१ रन बनाए। इङ्ल्यान्डका बलर विल ज्याक र आदिल रशिदले २–२ विकेट लिए ।

यस जितसँगै भारत लगातार दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ। फाइनल खेल आइतबार न्यूजील्याण्डसँग हुनेछ। इङ्ल्यान्ड भने विश्वकपबाट बाहिरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : २० बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै