बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय « Khabarhub

बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय

वासिङ्टनका लागि 'अग्निपरीक्षा'


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली निकै कमजोर भएको दाबी गर्दै त्यहाँको आकाशमा अमेरिकी विमानलाई कसैले ‘केही गर्न नसक्ने’ बताएका थिए। रक्षामन्त्री पिट हेगसेथले त झन् इरानमाथि अमेरिकाले ‘हवाई प्रभुत्व’ कायम गरिसकेको दाबी समेत गरेका थिए।

तर, शुक्रबार इरानले अमेरिकी ‘एफ-१५ इगल’ विमान खसालिदिएपछि वासिङ्टनका लागि यो ठूलो झट्का सावित भएको छ। यसले के स्पष्ट पार्छ भने इरान अझै पनि आफ्नो आकाश रक्षा गर्न सक्षम छ, चाहे त्यो सीमित क्षमतामै किन नहोस्।

अहिले बेपत्ता रहेका ‘विपन्स सिस्टम अफिसर’लाई कसले फेला पार्छ वा उद्धार गर्छ भन्ने कुराले आगामी परिस्थिति झन् जटिल बन्ने देखिएको छ। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले उनलाई उद्धार अभियानका बारेमा विस्तृत ब्रिफिङ गरेको थियो। उक्त उद्धार टोलीमाथि पनि इरानी पक्षबाट आक्रमण भएको बुझिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार टोलीका सदस्यहरू घाइते भए पनि इरानी हवाई क्षेत्रबाट उम्कन सफल भएका छन्।

सार्वजनिक रूपमा भने राष्ट्रपति ट्रम्पले यस घटनालाई सामान्य रूपमा प्रस्तुत गरिरहेका छन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्यका लागि इरानसँग भइरहेको वार्तामा यसले कुनै असर नपार्ने उनको भनाइ छ।

यद्यपि, भित्री रूपमा भने यो घटनालाई गम्भीरताका साथ लिइएको छ। विशेष गरी इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले ती बेपत्ता अमेरिकी अधिकारीको खोजीमा आफ्ना सैनिक र स्थानीय बासिन्दालाई परिचालन गरेको खबरले चिन्ता बढाएको छ। इरानले ती अधिकारीलाई जीवितै नियन्त्रणमा लिनेलाई करिब ६६ हजार डलर (५० हजार पाउण्ड) पुरस्कार दिने घोषणा समेत गरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : १० बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर