बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय « Khabarhub

बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय

वासिङ्टनका लागि 'अग्निपरीक्षा'


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली निकै कमजोर भएको दाबी गर्दै त्यहाँको आकाशमा अमेरिकी विमानलाई कसैले ‘केही गर्न नसक्ने’ बताएका थिए। रक्षामन्त्री पिट हेगसेथले त झन् इरानमाथि अमेरिकाले ‘हवाई प्रभुत्व’ कायम गरिसकेको दाबी समेत गरेका थिए।

तर, शुक्रबार इरानले अमेरिकी ‘एफ-१५ इगल’ विमान खसालिदिएपछि वासिङ्टनका लागि यो ठूलो झट्का सावित भएको छ। यसले के स्पष्ट पार्छ भने इरान अझै पनि आफ्नो आकाश रक्षा गर्न सक्षम छ, चाहे त्यो सीमित क्षमतामै किन नहोस्।

अहिले बेपत्ता रहेका ‘विपन्स सिस्टम अफिसर’लाई कसले फेला पार्छ वा उद्धार गर्छ भन्ने कुराले आगामी परिस्थिति झन् जटिल बन्ने देखिएको छ। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले उनलाई उद्धार अभियानका बारेमा विस्तृत ब्रिफिङ गरेको थियो। उक्त उद्धार टोलीमाथि पनि इरानी पक्षबाट आक्रमण भएको बुझिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार टोलीका सदस्यहरू घाइते भए पनि इरानी हवाई क्षेत्रबाट उम्कन सफल भएका छन्।

सार्वजनिक रूपमा भने राष्ट्रपति ट्रम्पले यस घटनालाई सामान्य रूपमा प्रस्तुत गरिरहेका छन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्यका लागि इरानसँग भइरहेको वार्तामा यसले कुनै असर नपार्ने उनको भनाइ छ।

यद्यपि, भित्री रूपमा भने यो घटनालाई गम्भीरताका साथ लिइएको छ। विशेष गरी इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले ती बेपत्ता अमेरिकी अधिकारीको खोजीमा आफ्ना सैनिक र स्थानीय बासिन्दालाई परिचालन गरेको खबरले चिन्ता बढाएको छ। इरानले ती अधिकारीलाई जीवितै नियन्त्रणमा लिनेलाई करिब ६६ हजार डलर (५० हजार पाउण्ड) पुरस्कार दिने घोषणा समेत गरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : १० बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय