बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान « Khabarhub

बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई‘ थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरण २५ लाख रुपैयाँ बराबरको भएको बताइएको छ ।

अस्पतालमा सो रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास युथ क्लबले बर्दिबास अस्पतालका लागि २४ लाख ८६ हजारको ‘थाइराइड उपचार मेसिन’ प्रदान गरेको हो ।

बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले आज आयोजित कार्यक्रम बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अब यस अस्पतालमा आजैदेखि थाइराइड रोगको पनि उपचार सुरुआत गरिने जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : २२ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६