अमेरिकी सैन्य अधिकारीको उद्धार गरेको ट्रम्पको दाबी, भन्छन्- ‘हामीले सकुशल पायौँ’ « Khabarhub

अमेरिकी सैन्य अधिकारीको उद्धार गरेको ट्रम्पको दाबी, भन्छन्- ‘हामीले सकुशल पायौँ’


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एफ–१५ ई लडाकु विमान खसालिएपछि बेपत्ता भएका अमेरिकी अधिकारीको उद्धार गरिएको दाबी गरेका छन् ।

ट्रम्पले उद्धार गरिएका अधिकारी ‘सकुशल’ रहेको बताएका छन् । इरानले भने अमेरिकी र इजरायली आक्रमणमा माशह्र पेट्रोकेमिकल क्षेत्रमा पाँच जनाको मृत्यु भएको र १७० जना घाइते भएको जनाएको छ ।

इरानमा लडाकु विमान खसालिएपछि बेपत्ता भएका आफ्ना सैनिक अधिकारीको सकुशल उद्धार गरिएको अमेरिकाले जनाएको हो । उद्धारपछि खुसी व्यक्त गर्दै ट्रम्पले भने, “हामीले उनलाई पायौँ, उनी अहिले पूर्ण रूपमा सुरक्षित छन् ।”

यता इरानले भने अमेरिकी र इजरायली सैन्य बलले गरेको आक्रमणबाट ठुलो मानवीय क्षति भएको दाबी गरेको छ । इरानी अधिकारीका अनुसार माशह्र पेट्रोकेमिकल क्षेत्रमा भएको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ भने १७० जना घाइते भएका छन् ।

अमेरिकी सरकारका एक अधिकारीले ‘अल जजीरा’ लाई दिएको जानकारीअनुसार सयौँको सङ्ख्यामा रहेका ‘स्पेसल फोर्स’ सम्मिलित टोलीले भीषण मुठभेडपछि ती अधिकारीको उद्धार गरेको हो । यस उद्धार कार्यबारे इरानले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ५७ बजे

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन