एट्लेटिकोलाई हराएसँगै बार्सिलोनाले बलियो बनायो ला लिगामा पकड « Khabarhub

एट्लेटिकोलाई हराएसँगै बार्सिलोनाले बलियो बनायो ला लिगामा पकड


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडमाथि २–१ को महत्वपूर्ण जित निकाल्दै उपाधि दौडमा पकड अझै बलियो बनाएको छ।

मेट्रोपोलिटानोमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका अनुभवी फरवार्ड रोबर्ट लेवानडोस्कीले अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। उनी सब्स्टिच्युटका रूपमा मैदान छिरेका थिए । खेलको अन्त्यतिर आएको अवसरलाई सदुपयोग गर्दै ‘लेट विनर’ गरेका हुन्।

यसअघि खेलको पहिलो हाफ निकै रोमाञ्चक रह्यो। एट्लेटिकोका एन्टोइन ग्रिजम्यानले दुई राम्रो अवसर खेर फाले । बार्सिलोनाका युवा खेलाडी फर्मिन लोपेजलाई गोलकिपरले रोक्दा अर्को प्रयास बाहिरियो। लामिन यामालले पनि पोस्टमा बल ठोक्दै अवसर गुमाए।

खेलमा पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा एट्लेटिकोले अग्रता लियो। जियुलियानो सिमेवनेले लामो पास समात्दै उत्कृष्ट फिनिसिङ गरे। तर बार्सिलोना धेरैबेर पछाडि रहेन। मार्कुस रासफोर्डले डानी ओल्मोसँगको संयोजनमा गोल गर्दै खेल बराबरीमा ल्याए। यो गोलसँगै राशफोर्डले लामो समयको गोल अभाव अन्त्य गरेका हुन्।

पहिलो हाफको इन्जुरी समयमा एट्लेटिकोका निको गोन्जालेजले यामाललाई फाउल गरेपछि रातो कार्ड पाए, जसले घरेलु टोलीलाई १० खेलाडीमा सीमित बनायो।

दोस्रो हाफमा खेलमा बार्सिलोनाको पूर्ण नियन्त्रण रह्यो। फेर्रान टोर्रेसका दुई प्रयास उत्कृष्ट रूपमा बचाइए । एट्लेटिकोका गोलकिपर जुआन म्युस्सोले निरन्तर दबाब झेले।

अन्ततः खेलको अन्तिम चरणमा जाओ क्यान्सेलोको प्रहार गोलकिपरले रोके पनि बल उछिट्टिएर लेवान्डोव्स्कीको काँधमा लाग्दै जालीभित्र पुगेको थियो, जसले बार्सिलोनालाई २–१ को जित दिलायो।

यस जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा अझ मजबुत बनेको छ। यसअघि शनिबारकै खेलमा रियल मड्रिड पराजित भइसकेकाले बार्सिलोना ७ अंकले अगाडि पुगेको छ। अब बार्साले उपाधि रक्षा गर्ने सम्भावना बलियो बनाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ४३ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित